PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

सर्लाहीमा एक जनाको ज्यान जाने गरी भएको झडपबारे छानबिन गर्न प्रहरीले बनायो छानबिन समिति



पहिलोपोस्ट

सर्लाहीमा एक जनाको ज्यान जाने गरी भएको झडपबारे छानबिन गर्न प्रहरीले बनायो छानबिन समिति
फोटो : अभिमन्यु पटेल/फेसबुक

काठमाडौँ : सर्लाहीको रामनगर गाउँपालिकामा एक जनाको ज्यान जाने गरी सत्तारुढ नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपको घटनाबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ। 

बुधबार प्रहरी प्रधान कार्यालयले एसएसपी शेखर कोइरालाको नेतृत्वमा छानविन समिति गठन गरेको हो। समितिमा एक डिएसपी राकेश सिंह र प्रहरी निरीक्षक रहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उतम सुवेदीले जानकारी दिए।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट पनि अनुसन्धानको लागि डिएसपी निरन्जन भट्टकोको नेतृत्वमा टोली सर्लाही हिँडिसकेको एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

रामनगर गाउँपालिका–४ रामनगर बहुअर्वा टोलमा मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (ने क पा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा कांग्रेस कार्यकर्ता ५० वर्षीय रामविलास महतोको मृत्यु भएको थियो।

महतोलाई नेकपाका कार्यकर्ताले गोली हानी हत्या गरेको कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीले आरोप लगाएको छ। प्रशासनले सुरक्षा नदिँदा कांग्रेस समर्थकको मृत्यु भएको आरोप लगाउँदै कांग्रेस जिल्ला सभापति नगेन्द्रकुमार यादवले हत्यारालाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन्।

आज अन्त्येष्टि गर्ने भनिए पनि मृतकको परिवारले शव बुझ्न मानेका छैनन्। यो समाचार तयार पार्दासम्म स्थानीय प्रशासन र मृतकका आफन्तबीच सहमतिको लागि वार्ता भइरहेको छ। 

सम्बन्धित समाचार
नेकपा नेता भन्छन् : हत्यामा पार्टीको संलग्नता छैन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell