PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

इएफएल कप : चेल्सी, आर्सनल र टोटनहम क्वाटरफाइनलमा



पहिलोपोस्ट

इएफएल कप : चेल्सी, आर्सनल र टोटनहम क्वाटरफाइनलमा

प्रिमियर लिगको तीन क्लब चेल्सी, आर्सनल र टोटनहम  इंग्लिस फुटबल लिग (इएफएल) कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

गएराती भएको खेलमा चेल्सीले डर्बी काउन्टीलाई ३-२ ले हरायो। यस्तै आर्सनलले ब्ल्याकपुललाई २-१ ले तथा टोटनहमले वेष्टह्यामलाई ३-१ ले पराजित गर्‍यो।

चेल्सीका लेजेण्ड फ्रान्क लाम्पार्डको प्रशिक्षणमा रहेको डर्बी काउन्टीले स्टानफोर्ड ब्रिजमा दुई आत्मघाती गोल गरेपछि चेल्सी भाग्यमानी बनेको हो। फिकायो तोमरीले र रिचार्ड केगले आत्मघाती गोल गरे। ज्याक मारिओट र मार्टिन वागोनले डर्बीका लागि गोल गर्दै खेल बराबरी गरेका थिए। तर सेस फाब्रेगासले पहिलो हाफको अन्त्यतिर गरेको गोल नै निर्णायक बन्दा चेल्सी विजयी भयो।

यस्तै  दश-दश खेलाडीमा रहेर खेलको अन्त्य भएको खेलमा आर्सनलका लागि स्टेफन लिचेस्टर एमिल स्मिथले गोल गरे। ब्ल्याकपुलका लागि पाउडी ओ' कोनोरले एक गोल फर्काए। आर्सनलका माटेओ गुन्डोजी र ब्ल्याकपुलका ओ' कोनोरले रातो कार्ड पाएपछि दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो।

अर्को खेलमा टोटनहमलाई जित दिलाउन सन हेउन मिनले दुई गोल गरे। यस्तै फर्नान्डो लोरेन्टले एक गोल थपे। वेष्टह्यामका लागि लुकास पेरेजले एक गोल गरे। अर्को खेलमा प्रिमियर लिग क्लब क्रिस्टल प्यालेज भने मिडल्सब्रोसँग पराजित भयो।

अब क्वाटरफाइनलमा दुई लण्डन क्लब आर्सनल र टोटनहमबीच प्रतिस्पर्धा हुनेछ। यस्तै चेल्सीले प्रिमियर लिग क्लब बर्नमाउथसँग खेल्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell