PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

चोरी मुद्दाका फरार अभियुक्त पक्राउ



पहिलोपोस्ट

चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

बाँकेः राजापुर इलाका प्रहरी कायलयको टोलीले कैद सजाय तोकिएका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ।

राजापुर नगरपालिका–१ हिमालीपुर बस्ने २३ वर्षीय डोरबहादुर घर्तीलाई जिल्ला अदालतले चोरी मुद्दामा दोषी ठहर गर्दै एक महिना १५ दिन कैद र रु ९५ हजार ४०० जरिवाना तोकेको थियो।

धरौटी बुझाए पनि कैद सजाय भुक्तान नगरी फरार उनलाई प्रहरीले राजापुर नगरपालिका–१ हिमालीपुर सोनपुरबाट सुराकीको सहयोगमा पक्राउ गरी अदालतमा बुझाएको उक्त कार्यालयका प्रहरी नायब निरीक्षक जयप्रकाश भट्टले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell