PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

सिराहाको कमला खोलाको किनारमा युवतीको शव फेला



पहिलोपोस्ट

सिराहाको कमला खोलाको किनारमा युवतीको शव फेला
प्रतीकात्मक तस्विर, घटनासँग तस्विर सम्बन्धित छैन।

लहानः सिराहा नगरपालिका–६ बसबिटास्थित कमला खोलाको किनारमा बुधबार साँझ एक युवतीको शव फेला परेको छ।

सनाखत हुननसकेको अन्दाजी २५ वर्षीया ती युवतीको शव उक्त खोलाको किनारसँगैको खेतमा फेला परेको हो। तराईवासी जस्तो देखिने युवतीको शव शव परीक्षणका लागि सिरहा जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए।

रातो कुर्था, कालो सुरुवाल, कालो सुइटर र निलो आकाशे रङ्गको सल लगाएकी ती युवतीको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटना सम्बन्धमा अनुसन्धान भइरहेको खरेलले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell