PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था 'सामान्य', डिस्चार्जको तयारी



पहिलोपोस्ट

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था 'सामान्य', डिस्चार्जको तयारी

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा पूर्ण सुधार आइसकेको दाबी अस्पतालले गरेको छ। स्वास्थ्य अवस्थामा सुधार आएपछि प्रधानमन्त्रीको डिस्चार्जबारे परामर्श भइरहेको अस्पतालले जनाएको छ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भइसकेको बताए। 

स्वास्थ्यबारे प्रेस ब्रिफिङ गर्दै श्रेष्ठले प्रधानमन्त्रीको रगत, छाती तथा सुगरको रिपोर्ट सामान्य रहेको बताए। 

उपचार टोलीसँगको परामर्शमा प्रधानमन्त्रीलाई डिस्चार्ज गर्ने तयारी भइरहेको पनि श्रेष्ठले बताए। यद्यपि, डिस्चार्जको टुंगो भने नलागेको उनले बताए। भोलिसम्म डिस्चार्ज हुनसक्ने उनले बताए।  

प्रधानमन्त्रीको निजी चिकित्सक दिव्या सिंहले पनि डिस्चार्जबारे छलफल भइरहेको बताइन्। सिंहले सुधारको यही अवस्था कायम रहेमा एक दुई दिनमै डिस्चार्ज गर्न सकिने बताइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell