PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

१७ लाख रुपैयाँको रिचार्ज कार्ड चोरी गर्ने पुन समातिए, ससुरालीमा फेला पर्‍यो कार्ड



पहिलोपोस्ट

१७ लाख रुपैयाँको रिचार्ज कार्ड चोरी गर्ने पुन समातिए, ससुरालीमा फेला पर्‍यो कार्ड

काठमाडौँः प्रहरीले १७ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड चोरी गर्ने एक युवकलाई पक्राउ गरेको छ। असोज २३ गते नेपाल टेलिकमको रिचार्ज कार्ड चोरी भएको थियो। होलसेलमा बेच्नका लागि दाङ लैजाँदै गर्दा पुनले सार्वजनिक यातायातबाटै कार्ड चोरी गरेका थिए।  

दाङ प्रहरीले कार्ड चोरी गर्ने रोल्पा माडी गाउँपालिका वडा नम्बर १ बस्ने २१ वर्षीय दलबहादुर पुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी कृष्णहरि शर्माले जानकारी दिए।

पुन कार्ड चोरी गरी रोल्पा थवाङ गाउँपालिका क्षेत्रमा बिक्री गरिरहेको अवस्थामा मंगलबार पक्राउ परेका हुन्। चोरी भएका कार्ड प्युठान स्वर्गद्वारी नगरपालिकास्थित पुनको ससुराली घरमा फेला पारिएको एसपी शर्माले जानकारी दिए।

पुनले ५० दरका सात हजार ६०० थान, १०० दरका १० हजार ५०० थान र ५०० दरका ३६० थान रिचार्ज कार्ड चोरी गरेको प्रहरीले जनाएको छ। पुनमाथि चोरी अभियोगमा अदालबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell