PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

रौतहटकाे छुट्टाछुट्टै स्थानमा दुई पुरुषको शव भेटियो



रासस

रौतहटकाे छुट्टाछुट्टै स्थानमा दुई पुरुषको शव भेटियो
प्रतिकात्मक फाेटाे

रौतहटः जिल्लाको छुट्टाछुट्टै स्थानमा दुईजना पुरुष मृत अवस्थामा भेटिएका छन्। गौर चन्द्रपुर सडकखण्डको गरुडा नगरपालिका–८ जिंगडिया टोल र माधवनारायण नगरपालिका–६ मा दुई पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक चतुर्भुज ओझाका अनुसार गौर चन्द्रपुर सडकखण्डअन्तर्गत जिंगडिया नजीक मूल बाटो छेउको नालामा डुबेको अवस्थामा अन्दाजी ३५ वर्षका पुरुषको शव बिहीबार फेला परेको हो।

यस्तै माधवनारायण नगरपालिका–६ माधोपुर गाउँ छेउमा जोतेको खेतमा अन्दाजी २५ वर्ष उमेरका एक पुरुषको घोप्टो परेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक ओझाले जानकारी दिए।

मृतकको पहिचान खुल्न नसकेको तथा शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ। स्थानीयबासीका अनुसार माधोपुर गाउँ छेउमा मृत फेला परेका युवकको घाँटीमा नीलडाम देखिएको छ। प्रहरी निरीक्षक ओझाले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र शव परीक्षणको रिपोर्ट आएछि मृत्युको कारण खुल्ने बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell