PahiloPost

Apr 16, 2025 | ३ बैशाख २०८२

बेपत्ता सासू- बुहारीमध्ये बुहारी मृत भेटिइन्



रासस

बेपत्ता सासू- बुहारीमध्ये बुहारी मृत भेटिइन्
प्रतिकात्मक फाेटाे

बैतडी : बैतडीमा सासू र बुहारी बेपत्ता भएकोमा बुहारी बिहीबार मृत फेला परेकी छन् भने सासू बेपत्ता रहेकी छन्। मृत फेला पर्नेमा दोगडाकेदार गाउँपालिका ४ श्रीकेदार साउगाउँकी ३० वर्षीया निर्मला भट्ट रहेकी खोचलेक प्रहरी चौकीका इन्‍चार्ज प्रहरी सहायक निरीक्षक श्याम सिंह महराले जानकारी दिए।

 बेपत्ता हुनेमा मृतक निर्मलाकी सासू ५२ वर्षीया पार्वती भट्ट छिन्। बुधवार घाँस काट्न भनेर घरबाट निस्केकी निर्मला साँझसम्म पनि घर नफर्किंदा सासू पार्वती खोजतलास गर्न जाँदा पार्वतीसमेत बेपत्ता भएकी प्रहरीले जनाएको छ।

दुबैजना रातीसम्म पनि घर नफर्किएपछि घरपरवारका अन्य सदस्य खोजतलास गर्दा निर्मला बिहीबार बिहान स्थानीय ओडीगाउँ जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

निर्मलाकी सासू पार्वती अहिलेसम्म पनि बेपत्ता रहेकी छन्। बेपत्ता पार्वतीको खोजीका लागि प्रहरी चौकी खोचलेकबाट प्रहरी सहायक निरीक्षक श्याम सिंह महराको नेतृत्वमा प्रहरीटोली परिचालन भइसकेको र घटना रहस्यमय रहेकोले थप अनुसन्धान अगाडि बढाइएको खोचलेक प्रहरी चौकीले जनाएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell