PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

फास्ट्रयाक अवरोध : खोकना र बुंगमतिबासीले मागे प्रति आना १ लाखको साटो २२ लाखसम्म मुआब्जा



बीपी साह

फास्ट्रयाक अवरोध : खोकना र बुंगमतिबासीले मागे प्रति आना १ लाखको साटो २२ लाखसम्म मुआब्जा
खोकनाको फास्टट्रयाक बन्ने ठाउँ

 काठमाडौँ : काठमाडौं–तराई/मधेश द्रुत मार्ग (फास्ट ट्रयाक) को सुरुवाती स्थान ललितपुरको खोकना र बुंगमतिबासीहरुले मुआब्जावापत प्रति आना २२ लाख रुपैयाँ माग गरेका छन्।

फास्टट्रयाक निर्माणमा अवरोध भएको स्थान खोकना र बुंगमतिको अनुगमन गर्न पुगेका प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति समक्ष स्थानीयबासीले मुआब्जाको कुरा उठाएका हुन्। 

यसअघि स्थानीयवासीहरुले समितिमा लिखित उजुरी पनि दिएका थिए। उजुरीका आधारमा कार्य समितिले विहीबार त्यस क्षेत्रको अनुगमन गरेको हो।

अनुगमनका क्रममा स्थानीयवासीहरुसँग छलफल गर्दा मुआब्जा निकै कम भएको भन्दै बढाउन माग गरेको समितिका सदस्य एवं सांसद प्रेम सुवालले बताए।

‘कतिपय स्थानीयवासीले फास्टट्रयाक यस क्षेत्रबाट ल्याउन नहुने बताएका छन् भने कतिपयले मुआब्जा बढाउन माग गरेका छन्।’

सुवालले पहिलोपोस्टसँग भने, ‘अहिले प्रति आना १ लाख रुपैयाँ दिइएको मुआब्जा बढाएर २२ लाख रुपैंयासम्म माग गरिएको छ।’

फास्टट्रयाक निर्माण कार्यमा स्थानीयवासीहरुले अवरोध गरेपछि निर्माण कार्य रोकिएको छ। स्थानीयवासी र सरकारबीच सहमतिको प्रयास पनि जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell