PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

तीन नेपाली फिल्म रिलिज हुँदा ‘बोहिमियन रप्सोडी’लाई क्यूएफएक्समा १४ सो



पहिलोपोस्ट

तीन नेपाली फिल्म रिलिज हुँदा ‘बोहिमियन रप्सोडी’लाई क्यूएफएक्समा १४ सो

 काठमाडौंः कात्तिक १६ गते तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आउँदैछ। दीपेन्द्र के. खनाल निर्देशित 'चङ्गा चेट', रेखा थापा निर्देशित 'मालिका' र एरिक भ्यालीको 'बियोन्द द क्लाउड्स' एकैदिन प्रदर्शनमा छन्।

यही मितिमा नै दुई हलिउड फिल्म नेपाल प्रदर्शनमा आउने भएको छ।  हलिउड फिल्म ‘बोहिमियन रप्सोडी’ र 'द नटक्रेकर' गरी पाँच नेपाली फिल्मलाई मल्टिप्लेक्समा सो कस्तो छ?

फिल्मको एड्भान्स बुकिङ सुरु भइसकेको छ। मल्टिप्लेक्समा हलिउड फिल्मलाई धेरै सो दिइएको छ। ‘बोहिमियन रप्सोडी’लाई क्यूएफएक्सका चेन हलहरुले शुक्रबार १४ सो दिएका छन्। उता क्यूएफएक्सले 'चङ्गा चैट'लाई ९ सो र 'मालिका'लाई २ सो दिएका छन्।



‘बोहिमियन रप्सोडी’लाई क्यूएफएक्स सिभिल मलले ४, छाँयाले ४, लबिम मलले ४ र कुमारीले २ सो दिएका छन्।  'चङ्गा चैट'ले सिभिलमा २, कुमारीमा २, लबिममा २, छाँयामा २ र जय नेपाल हलमा १ सो पाएका छन्। 'मालिका'ले सिभिलमा १ र कुमारीमा १ सो पाएका छन्। 'बियोन्ड द क्लाउड्स'ले ४ सो  पाएका छन्। 

सोहरुका हिसाबले हलिउड फिल्मले क्यूएफएक्समा धेरै सो पाएको छ।

क्यूएफएक्सका सिइओ रोशन अधिगाले दर्शकको माग अनुसार नै क्यूएफएक्सले चङ्गा 'चङ्गा चैट', 'मालिका'लाई भन्दा ‘बोहिमियन रप्सोडी’लाई धेरै सो दिएको बताए। उनले भने 'बोहिमियन रप्सोडीको दर्शक धेरै छन्। हामी पनि बिजिनेस गर्ने हो, 'छक्का पञ्जा ३' को दर्शक हेरेर हामीले सोहरु दिएका थियौं। क्यूएफएक्समा नेपाली र हलिउड फिल्मको दर्शक फरक फरक छन्। अहिले नेपाली फिल्म हेर्नेको संख्या पनि बढ्दै गएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell