PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

ने क पा असन्तुष्ट समूहको मागः चियापानमा मुक्का–लात हान्नेलाई कारबाही होस्



पहिलोपोस्ट

ने क पा असन्तुष्ट समूहको मागः चियापानमा मुक्का–लात हान्नेलाई कारबाही होस्

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को चियापानमा कुटिएका व्यक्तिहरुले दोषीमाथि कारबाहीको माग गरेका छन्।

भृकुटी मण्डपमा कार्तिक १० गते आयोजित नेकपाको चियापानमा केही व्यक्तिहरुले पार्टीको विरोधमा पर्चा बाँडेका थिए। सोही क्रममा ने क पाका कार्यकर्ताहरुले पर्चा बाँड्ने व्यक्तिहरुलाई कुटपिट गरेका थिए।

‘ने क पा असन्तुष्ट समूह’ नाम दिइ पर्चा बाँडिएको थियो। उक्त समूहले आज प्रेस विज्ञप्ति जारी गरी कुटपिट गर्नेहरुमाथि कारबाहीको माग गरेका छन्। समूहका संयोजक युवराज सफलले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाहीका लागि गृहमन्त्रालय र ने क पासँग माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ,‘(ने क पा)असन्तुष्ट समूहको केन्द्रीय संयोजक भएको नाताले मेरै नेतृत्वमा करिब १० जनाको समूहले स्वतः स्फूर्त रुपमा कार्यक्रम स्थलको विभिन्न भागमा पर्चा वितरण गरेको हो र यसै क्रममा पर्चा वितरण गर्दै गर्दा केही अपराधिक मानसिकताले ग्रसित युवाहरुको समूहले म (युवराज सफल)माथि मुक्का र लात्ताले आक्रमण गरी बेइज्जतीपूर्ण रुपमा कार्यक्रम स्थलबाट बाहिर निकालेको कुरा पनि सत्य हो।’

‘शान्तिपूर्ण रुपमा पर्चा बाँड्दा अन्य विकल्प हुँदाहुँदै एक्कासी ममाथि कुटपिट भएकोमा कुटपिटमा संलग्न व्यक्ति को हुन् त्यसको सत्यतथ्य छानविन गरी दोषीलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न नेपाल सरकार गृहमन्त्रालय र नेपाल कम्युनिस्ट पार्टी (ने क पा)केन्द्रीय कार्यालय समक्ष जोडदार माग गर्दछु,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

आफूहरुमाथि आक्रमण भइरहे देशव्यापी भण्डाफोर कार्यक्रम चलाउने चेतावनीसमेत दिइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell