PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

वर्षा अभिनित 'मेरो माया कतारमा' सार्वजनिक



पहिलोपोस्ट

वर्षा अभिनित 'मेरो माया कतारमा' सार्वजनिक

काठमाडौंः फिल्म 'चौका दाउ'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको 'मेरो माया कतारमा' बोलको गीतको भिडियो सार्वजनिक गरेको हो।

श्रीपुरुष ढकालको शब्द तथा सम्भुजित बास्कोटाको संगीत रहेको गीतमा गायक सुमन गुरुङ र सम्भुजितको स्वर रहेको छ। गीतमा वर्षा राउत, विल्सन विक्रम राई र सन्तोष पन्त फिर्चड छन्।

पुर्णेन्दु झा निर्देशित फिल्ममा वर्षा, विल्सन र सन्तोषसँगै रबिन्द्र झा, निर्मल शर्मालगायतको अभिनय छ। फिल्ममा मित्र डि गुरङको छायाँकन, बसन्त श्रेष्ठको कोरियोग्राफी सम्भुजितको कथा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell