PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

निजगढबाट होटल व्यवसायी संघ बाराका अध्यक्षसहित २२ जना जुवाडे पक्राउ



राधेश्याम पटेल

निजगढबाट होटल व्यवसायी संघ बाराका अध्यक्षसहित २२ जना जुवाडे पक्राउ

वीरगंजः होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेसहित २२ जना जुवाडेलाई बारा प्रहरीले बुधबार राती निजगढबाट पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामासहितको टोलीले निजगढ नगरपालिका–३ सिङ्गौलबाट उनिहरुलाई पक्राउ गरेको हो।

स्थानीय एक घरमा कौडा खेलिरहेका बेला पक्राउ परेका अन्यको नाम प्रहरीले खुलाएको छैन। लामाका अनुसार जुवाको खालबाट २ लाख ३० हजार नगद बरामद भएको छ। प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा सिमरा, निजगढ, जीतपुर र वीरगंजका व्यवसायी रहेका छन्।

यस्तै नेपाली कांग्रेस र नेकपाका केही नगरस्तरीय नेतासमेत पक्राउ परेको बारा प्रहरीले बताएको छ। 

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी रञ्जितसिंह राठौरले २२ जना जुवाडे पक्राउ परेको पष्टि गर्दै जिल्ला प्रहरी कार्यालयमा केही बेरमा प्रेस विज्ञप्ति जारी गरी सार्वजनिक गर्न लागेको बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell