PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

मनाङ मर्स्याङ्दी गभरनर्स गोल्डकपको फाइनलमा



पहिलोपोस्ट

मनाङ मर्स्याङ्दी गभरनर्स गोल्डकपको फाइनलमा

काठमाडौँ : नेपालको ए डिभिजन क्लब सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब भारतको सिक्किममा जारी गभरनर्स गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

गान्तोकस्थित पाल्चोर रंगशालामा बिहीवार भएको सेमिफाइनलमा भारतको कोलकाता एटिकेलाई ६-२ ले पराजित गर्दै मनाङ उपाधि नजिक पुगेको हो। मनाङको शानदार जितमा डोना थापाले ह्याट्रिक गरे।अन्जन विष्ट, सुजल श्रेष्ठ र विमल रानाले एक-एक गोल गरे।

बाई पाएर सिधै क्वाटरफाइनल खेलको मनाङले भारतकै अर्को क्लब कोलकाता कस्टम्सलाई ४-२ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell