PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

इएफएल कप : ब्राहिम डियाजको दुई गोलमा म्यानचेष्टर सिटी क्वाटरफाइनलमा



पहिलोपोस्ट

इएफएल कप : ब्राहिम डियाजको दुई गोलमा म्यानचेष्टर सिटी क्वाटरफाइनलमा

म्यानचेष्टर सिटी इंग्लिस फुटबल लिग (इएफएल) कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। ब्राहिम डियाजको दुई गोल मद्दतमा फुलह्यामलाई २-० ले पराजित गर्दै प्रिमियर लिग क्लब सिटीले अन्तिम आठमा स्थान बनाएको हो।

घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीलाई विजयी बनाउन डियाजले १८औँ र ६५औँ मिनेटमा गोल गरे।

सिटीले अब क्वाटरफाइनलमा लेस्टर सिटी र साउथह्याम्पटनबीचको विजेतासँग खेल्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell