PahiloPost

Jun 24, 2026 | १० असार २०८३

जम्मु काश्मिरमा बीजेपी नेता अनिल परिहार र उनका भाइको गोली हानी हत्या



पहिलोपोस्ट

जम्मु काश्मिरमा बीजेपी नेता अनिल परिहार र उनका भाइको गोली हानी हत्या

भारतीय जनता पार्टी (भाजपा) का जम्मु काश्मिर राज्य सचिव अनिल परिहार र उनका भाइको गोली हानी हत्या गरिएको छ। सचिव परिहार र भाइ अजित परिहारको अज्ञात समूहले गोली हानी हत्या गरेको बीबीसीले जनाएको छ।

घटना डोडा जिल्लाको किस्तवाड कस्बेमा भएको हो। घर फर्कंदै गर्दा दुबैमाथि गोली प्रहार भएको हो।

जम्मु काश्मिरका बीजेपीका महासचिव अशोक कौलले घटनाको पुष्टि गर्दै एक उच्च कोटाको नेता गुमाएको बताएका छन्। कौलले घटनाको भत्सना गरेका छन्।

घटनापछि किस्तवाड कस्बेमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ।

गोली किन हानियो भन्ने पुष्टि भएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

बीजेपीका अध्यक्ष अमित साह र गृहमन्त्री राजनाथ सिंह लगायतले घटनाप्रति खेद व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell