PahiloPost

Jun 24, 2026 | १० असार २०८३

प्रधानमन्त्री भेट्न प्रचण्ड पुगे अस्पताल



पहिलोपोस्ट

प्रधानमन्त्री भेट्न प्रचण्ड पुगे अस्पताल

काठमाडौँः त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमलप दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका छन्। स्वास्थ्य अवस्था सामान्य हुँदै गइरहेको र डिस्चार्जको तयारी भइरहेका बेला अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भेट्न अस्पताल पुगेका हुन्। 

सोमबार बिहान अस्पताल भर्ना गरेका दिन पनि प्रचण्डले प्रधानमन्त्री भेट्न अस्पताल पुगेका थिए। 

अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भइसकेको भन्दै डिस्चार्जबारे परामर्श गरिरहेको छ। प्रा. डा. अरुण सायमिको नेतृत्वको टोलीले डिस्चार्ज कहिले हुने भन्ने निर्णय भने लिइसकेको छैन। 

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठले स्वास्थ्य अवस्था भने सामान्य बन्दै गइरहेको बताएका छन्। अस्पतालले शुक्रबार साँझ वा शनिबारसम्म डिस्चार्जको तयारी गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell