PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

प्रधानमन्त्रीको ‘डिस्चार्जबारे डिसिजन’ भएन, चिकित्सक भन्छन ‘स्वास्थ्य अवस्था सामान्य भइसक्यो’



सागर बुढाथोकी

प्रधानमन्त्रीको ‘डिस्चार्जबारे डिसिजन’ भएन, चिकित्सक भन्छन ‘स्वास्थ्य अवस्था सामान्य भइसक्यो’

काठमाडौँः सोमबारदेखि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य भइसकेको चिकित्सकले दाबी गरेका छन्। तर, स्वास्थ्य अवस्था सामान्य भनिए पनि डिस्चार्ज कहिले गर्ने भन्नेमा चिकित्सकले कुनै निर्णय भने लिन सकेका छैनन्। शुक्रबार साँझ वा शनिबारसम्म प्रधानमनत्रीलाई निवासमै सार्ने तयारी भए पनि औपचारिक रुपमा चिकित्सकहरुले निर्णय दिन सकेका छैनन्। 

प्रधानमन्त्रीको स्वास्थ्यबारे नियमित ब्रिफिङ गर्दै मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले स्वास्थय अवस्था सामान्य भइसकेको बताए। श्रेष्ठले डिस्चार्जबारे भने उपचार गर्ने टिमबीच परामर्श भइरहेको बताए।

स्वास्थ्य अवस्था बिग्रिएपछि सोमबार बिहान प्रधानमन्त्रीलाई अस्पताल भर्ना गरिएको थियो।    छातीमा संक्रमण तथा चिनीको मात्रा असन्तुलन भएपछि प्रधानमन्त्रीलाई अस्पताल भर्ना गरिएको थियो। अस्पतालका अनुसार अहिले संक्रमण नियन्त्रणमा रहेको र स्वास्थ्य परीक्षण प्रतिवेदनहरु सामान्य छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell