PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

समबन्धविच्छेदका मुद्दा दर्ता गर्ने पुरुष बढे



पहिलोपोस्ट

समबन्धविच्छेदका मुद्दा दर्ता गर्ने पुरुष बढे

घोराहीः देवानी तथा फौज्दारी संहिता लागू भएसँगै सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने पुरुषको सङ्ख्या बढेको छ। दाङ जिल्ला अदालतको साढे दुई महीनाको तथ्याङकमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्नेमा महिलाभन्दा पुरुषको सङ्ख्या धेरै देखिएको हो।

अदालतका श्रेस्तेदार चुडामणि रेग्मीका अनुसार उक्त अवधिमा ६१ पुरुष र ५७ महिलाले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएका छन्। यसअघि उक्त अदालतमा ११७ सम्बन्धविच्छेदका मुद्दा परेकामा ४६ मुद्दा फैसला भइसकेका छन्।

संहिताबमोजिम पुरुषले पनि अदालतबाटै सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न पाउने भएकाले पुरुषको सङ्ख्या बढ्न थालेको अदालतका मुख्य न्यायाधीश हेमन्त रावलले जानकारी दिए। सम्बन्धविच्छेदका मुद्दा बढ्नुमा पारिवारिक असमझदारी, वैदेशिक रोजगार, हतारको निर्णय, स्वतन्त्र रहन चाहनु नै रहेको उनले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell