PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

मल्टिप्लेक्सलाई लिड गर्दै ‘बोहिमियन रप्सोडी’, फ्राइडे रिलिजमा तीन नेपाली फिल्म



पहिलोपोस्ट

मल्टिप्लेक्सलाई लिड गर्दै ‘बोहिमियन रप्सोडी’, फ्राइडे रिलिजमा तीन नेपाली फिल्म

काठमाडौंः यो साता शुक्रबार प्रदर्शन अन्तर्गत तीन नेपाली फिल्म छन्। दीपेन्द्र के. खनाल निर्देशित 'चङ्गा चेट', रेखा थापा निर्देशित 'मालिका' र एरिक भ्यालीको 'बियोन्द द क्लाउड्स' एकैदिन प्रदर्शनमा आएका फिल्महरु हुन्।

दुई हलिउड फिल्म पनि नेपाल प्रदर्शनमा छन्। ‘बोहिमियन रप्सोडी’ र 'द नटक्रेकर' नेपाल प्रदर्शनमा आएका फिल्महरु हुन्। 'चङ्गा चेट'मा प्रियंका कार्की, आयुष्मान देशराज जोशी श्रेष्ठ, परमिता राज्य लक्ष्मी राणा, सुरक्षा पन्त, रबिन्द्र झालगायतको अभिनय छ। फिल्मको 'गोजीमा दाम छैन' बोलको गीतलाई दर्शकले रुचाएका छन्।

त्यस्तै 'मालिका'मा निर्देशक रेखासँगै जाजरकोटकी कमला वलीको मुख्य अभिनय छ। नर बहादुर कार्कीले लखेको कथामाथि बनेको फिल्ममा रामशरण उप्रेतीको छायांकन, सुरेश अधिकारीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द छ। बाल विवाह अन्त्य र महिला सशक्तिकरणको विषय फिल्ममा समेटिएका छन्।

'बियोन्द द क्लाउड्स'लाई अस्कर अवार्डमा मनोनित नेपाली फिल्म ‘क्याराभान’ निर्देशक एरिक भ्यालीले बनाएका हुन्। त्यस्तै हलिउड फिल्म ‘बोहिमियन रप्सोडी’लाई ट्वेन्टिथ सेन्चुरी फक्स र एप्पल इन्टरटेनमेन्टले नेपालमा वितरण गरेको हो। बेलायती रक ब्यान्ड ‘क्वीन’का लिड भोकलिस्ट फ्रेडी मर्क्युरीमाथि बनेको बायोपिक म्युजिकल फिल्ममा  रमी मलिकको अभिनय छ। उनले ब्रायन सिंगर निर्देशित फिल्मले ‘क्वीन’ गायक 'द नटक्रेकर'मा म्याथ्यू र मोर्गनको अभिनय छ।

मल्टिपुलेक्सको सो हेर्दा 'बोहिमियन रप्सोडी' नै अग्रतामा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell