PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

काठमाडौं मलमा स्वस्तिमासहितको फ्ल्यास मोब



पहिलोपोस्ट

काठमाडौं मलमा स्वस्तिमासहितको फ्ल्यास मोब

काठमाडौंः फिल्म 'बुलबुल'को पहिलो गीत सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको 'खुद्राखुद्री' बोलको गीतलाई फ्ल्यास मोबमा सार्वजनिक गरिएको हो।

भिडमा रहेका कलाकार गीत बजेसँगै एक जुट भएर नाच्न थाल्नु फ्ल्यास मोब हो। काठमाडौं मल, पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्सबाट एकसाथ फ्ल्यास मोब शैलीमा फिल्मको गीत रिलिज भएको हो।

काठमाडौं मलमा अभिनेत्री स्वस्तिमा खड्कासहितको टोलीले गीतमा नृत्य गरेका थिए। फिल्ममा स्वस्तिमा टेम्पो ड्राइभरको भूमिकामा देखिनेछिन्। निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको गीतमा कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको छ।  गीतलाई कविराज गहतराजले कोरियोग्राफ गरेका हुन्।

गीतमा स्वस्तिमा खड्का र अभिनेता मुकुन भुषाल फिचर्ड छन्। विनोद पौडेलको निर्देशित फिल्ममा स्वस्तिमा र मुकुनसँगै बुद्धि तामाङ, दिपक क्षेत्री,लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी ,सृष्टि भट्टराईलगातको अभिनय छ। फिल्म फागुन ३ गतेदेखि प्रदर्शन हुँदैछ। 





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell