PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

मिटू मुभमेन्टका कारण गयो नाना र साजिदको जागिर



पहिलोपोस्ट

मिटू मुभमेन्टका कारण गयो नाना र साजिदको जागिर

बलिउड अभिनेता नाना पाटेकर 'हाउसफूल ४'बाट निकालिएका छन्। उनको भुमिकामा अब राणा दग्गुबती देखिँदैछन्। दग्गुबतीले फिल्मको छायाँकन नै थालिसकेका छन्।  

नाना विरुद्ध अभिनेत्री तनुश्रीले १० वर्षअघि ह्यारेसमेन्ट गरेको आरोपमा मुद्दा लगाएकी थिइन्। ३३ वर्षिय नानाले 'हर्न ओके प्लिज'को छायाँकन सेटमा तनुश्रीलाई ह्यारेसमेन्ट गरेको आरोप छ। त्यस्तै फिल्मका निर्देशक साजिद खानलाई दुई अभिनेत्रीले ह्यारेसमेन्ट कै आरोप लगाएपछि उनले 'हाउसफूल ४' छोडेका छन्। उनले नै 'हाउसफूल ४'को निर्देशनबाट राजिनामा दिएको कोइमोइमा उल्लेखित छन्।

 

उनको स्थानमा फरहद आएका छन्। दर्शकले अध्याधिक रुचाएको हाउसफूलको चौथौं सँस्करणले छायाँकनदेखि नै विवादको सामना गर्नुपरेको छ। यसअघि मिटू मुभमेन्टमा सहभागी हुँदै गायिकाहरुले अनु मलिक विरद्ध ह्यारेसमेन्टको आरोप लगाएपछि इन्डियन आइडलबाट निकालिएका थिए। बलिउडमा मिटू मुभमेन्टले तहल्का मच्चाएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell