PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

किनेको चार महिनामै बिग्रेको निगमको विमान मर्मत पछि ६ घण्टा ढिला गरी कतारबाट उड्यो



वसन्तराज उप्रेती

किनेको चार महिनामै बिग्रेको निगमको विमान मर्मत पछि ६ घण्टा ढिला गरी कतारबाट उड्यो

काठमाडौं : कतारमा प्राविधिक समस्या आएर उडान रोकिएको एयरबस ३३० 'अन्नपूर्ण'ले मर्मतपछि झण्डै ६ घण्टा ढिला कतार-काठमाडौं उडान भरेको छ।
 
नेपाल वायुसेवा निगमका सहायक प्रवक्ता शैलेश कंसाकारका अनुसार जहाजको ब्रेकमा समस्या आएपछि उडानमा रोक लगाइएको थियो।

'जहाजको ब्रेकमा समस्या आएपछि निगमकै इन्जिनीयर र कतारको इन्जिनीयरको सहकार्यमा मर्मत गरी नेपाल उडान भइसकेको छ। जहाज करिब साढे चार बजे नेपाल आइपुग्नेछ,' कंसाकारले भने। 
 
किनेर चलाउन थालेको चार महिना नपुग्दै नेपाल वायुसेवा निगमको नयाँ वाइडबडी ए ३३०-२०० विमान 'अन्नपूर्ण' मा समस्या आएको हो। 

कतारको समय अनुसार बिहान २ बजेर ५० मिनेटमा उडेर काठमाडौँमा बिहान १० बजे अवतरण गर्नुपर्ने सेड्युल रहेको विमानमा २४७ यात्रु थिए।

निर्माण गरिएको फ्रान्सको तुलुजबाट गएको असार १४ गते 9N-ALY कल साइन भएको यो विमान काठमाडौँ विमानस्थलमा अवतरण गरेको थियो। 

वायुसेवा निगमले दुई वटा वाइड बडी विमान किनेको बताए पनि अन्तर्राष्ट्रिय मिडियाले भने यी विमान पोर्चुगिज कम्पनी हाइ फ्लाइबाट लिजमा लिएको लेख्ने गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell