
काठमाडौं : बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली फिल्म गर्न पाउँदा खुशी व्यक्त गरेकी छिन्। सामाजिक सञ्जाल टुइटर मार्फत उनले फिल्म 'पासवर्ड'लाई प्रतिक्षित लेखेकी छिन्। उनले लेखेकी छिन् 'म धेरै खुशी छु प्रतिक्षित नेपाली फिल्म 'पासवर्ड'को डान्सिङ गीतको लागि'।
I am so happy to be part of this amazing dance Number from the most awaited upcoming Nepali Film “Password” !!
— Sunny Leone (@SunnyLeone) November 1, 2018
Produced by AB INTERNATIONAL and ODDBALL MOTION PICTURES.#Password #NepaliFilm #ABInternational@OddballIndia @iNitinUpadhyaya @ASRspeaks
एबी इन्टरनेशनको ब्यानरमा 'पासवर्ड'को छायाँकन भइरहेको छ। फिल्मको ९८ प्रतिशत छायाँकन बेलायत र नेपालमा हुने निर्माण टिमले जनाएको छ। 'ह्याप्पी डेज'मार्फत डेब्यू गरेका विक्की जोशी, परी राना, लिसा सुनार, छुल्ठिम गुरुङ, अनुप बिक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ फिल्मका मुख्य कलाकार हुन्। सस्पेन्स, एक्सन र थ्रीलर जानरामा बन्ने फिल्मलाई सम्राट बस्नेतले निर्देशन गर्दैछन्।
फिल्ममा अर्जुन पोखरेलको संगीत छ। फिल्मको उक्त गीतमा सन्नीसँगै अभिनेता विक्की र अनुपले स्क्रिन सेयर गर्ने बताइएको थियो। अब गीत कस्तो बनेको छ त्यो पछि नै थाह हुनेछ।