PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

पाँच दिनको अस्पताल बसाईपछि प्रम ओलीको स्वास्थ्य रिपोर्ट 'नर्मल', आजै 'डिस्चार्ज' हुँदै



सागर बुढाथोकी

पाँच दिनको अस्पताल बसाईपछि प्रम ओलीको स्वास्थ्य रिपोर्ट 'नर्मल', आजै 'डिस्चार्ज' हुँदै

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज साँझ अस्पतालबाट डिस्चार्ज गरिदै छ। छातीमा संक्रमण देखिएपछि गत सोमबार प्रधानमन्त्री ओली राजधानीको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका लागि भर्ना भएका हुन्।

पाँच दिनदेखि सेन्टरमा उपचार गराइरहेका प्रम ओलीको स्वास्थ्य एकदम फिट भइसकेको उनका निजी चिकित्सक डा दिव्या सिंहले जानकारी दिइन्।

'उहाँ स्वस्थ हुनुभयो। बालुवाटार जानका लागि तयारी गर्दै हुनुहुन्छ,' डा सिंहले भनिन्, 'सबै रिपोर्ट नर्मल देखिएको छ।' साँझ ७ बजेसम्ममा बालुवाटार पुग्ने तयारी रहेको अस्पतालले जनाएको छ।

डा सिंहका अनुसार बालुवाटार फर्केसँगै प्रधानमन्त्रीले नियमित काम थाल्नेछन्।

प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमीको संयोजकत्वमा डा शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell