PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

रातारात अस्पताल पुर्‍याइएका प्रम ओली ५ दिनपछि यसरी हात हल्लाउँदै फर्के निवास



सागर बुढाथोकी

रातारात अस्पताल पुर्‍याइएका प्रम ओली ५ दिनपछि यसरी हात हल्लाउँदै फर्के निवास

काठमाडौं : अस्पतालका चिकित्सकहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन्। तगडा देखिएका प्रधानमन्त्री ओली पाँच दिने अस्पताल बसाई टुंग्याउँदै बाहिरिएका हुन्। अस्पतालबाट बाहिरिँदा हात हल्लाउँदै निस्केका ओलीले नेपालकै अस्पतालमा आफ्नो उपचार गराउन पाउँदा खुशी भएको प्रतिक्रियासमेत दिएका छन्। 

अस्पतालबाट बाहिरिँदै गर्दा आफैँले फोटो खिच्ने प्रस्ताव गरेका थिए ओलीले। अस्पतालमा ५ दिन रहँदा एउटै पनि फोटो सार्वजनिक नभए पनि निस्किँदा भने फोटो सेसन गर्न आफैँ तयार भएका थिए उनी। 'अस्पतालका चिकित्सकहरुलाई धन्यवाद,' बाहिरिँदै गर्दा ओलीले भने, 'यो अस्पतालमा उपचार गर्न पाउँदा म धेरै खुशी छु।'

डिस्चार्ज भएका ओली एक सातापछि यही अस्पतालमा फलो अपका लागि आउने अस्पतालले गठन गरेको चिकित्सक टोलीका सदस्य डाक्टर सन्तकुमार दासले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell