PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

बेड नम्बर २१५ मा प्रधानमन्त्री, चार दिन गोप्य राखिएको फोटो आज सार्वजनिक



सागर बुढाथोकी

बेड नम्बर २१५ मा प्रधानमन्त्री, चार दिन गोप्य राखिएको फोटो आज सार्वजनिक

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई कात्तिक १२ गते सोमबार बिहान साढे चार बजे त्रिवि शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरियो।

बेड नम्बर २१५।  

दिनदिनै बिहान र साँझ अस्पतालले प्रेस विज्ञप्ति जारी गर्थ्यो। प्रधानमन्त्रीले दाह्री काटेको, ब्रेकफास्ट खाएको, माछा खाएकोसम्मका समाचार सार्वजनिक भए। तर प्रधानमन्त्री बेडमा रहेको न फोटो सार्वजनिक भयो न भिडियो।

चार दिनसम्म गोप्य राखिएको प्रधानमन्त्री बेडमा रहेको फोटो आज पहिलोपोस्टले पाएको छ। 

फोटो डिस्चार्ज हुनुभन्दा अघि प्रधानमन्त्रीकै अनुमतिमा खिचिएको हो। फोटोमा अस्पतालले गठन गरेको चिकित्सक टोलीको नेतृत्व गरेका डा. अरुण सायमि, निजी चिकित्सक डा. दिव्या सिंह, डा. सन्तकुमार दास, प्रधानमन्त्री पत्नी राधिका शाक्य, सेन्टरका निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठ र दुई जना नर्स देखिन्छन्। 


सम्बन्धित समाचार

प्रधानमन्त्री पाँच दिन अस्पताल बस्दा बिल उठ्यो साढे २५ हजार रुपैयाँ मात्रै, 'विदेशमा भए १० लाखभन्दा बढी लाग्थ्यो'


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell