PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

नेपाल आइडलको टप ९ बाट सुविन सिंह आउट, विक्रम बराललाई सबभन्दा बढी भोट



पहिलोपोस्ट

नेपाल आइडलको टप ९ बाट सुविन सिंह आउट, विक्रम बराललाई सबभन्दा बढी भोट

काठमाडौँ : नेपाल आइडल सिजन २ को टप ९ बाट सुर्खेतका सुविन सिंह आउट भएका छन्। 

शुक्रबार प्रसारण भएको कार्यक्रममा दर्शकको भोटका आधारमा पवन गिरी र अमित बरालसहित सुविन सिंह बटम थ्रीमा परेका थिए। 

अघिल्लो हप्ता बटम थ्रीमा परेका पोखराका विक्रम बराल यो हप्ता भने सबैभन्दा बढी भोट पाउन सफल भए। उनी बिहीबारको कार्यक्रममा पफर्मर अफ दि डे पनि भएका थिए। 

अब विक्रमसहित धादिङका कृसल कँडेल, कञ्चनपुरका रवि ओड, पोखराकी नीलिमा थापा मगर, झापाका सुमित पाठक, झापाकै अस्मिता अधिकारी, दोलखाका पवन गिरी र बुटवलका अमित बरालबीच नेपाल आइडलको उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell