काठमाडौं: १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज १०० दिन पूरा भएको छ। सय दिन पूरा हुँदा पनि हत्यारा पत्ता लागेको छैन।
निर्मला हत्याको सय दिन पुग्दा पनि हत्यारा फेला नपारेको र सरकारले निर्मलालाई न्याय दिन नसकेको भन्दै सर्वसाधारण तथा अधिकारकर्मीले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
उनीहरु पुगिसक्यो १०० दिन, अझै लागेन लाज घिन, म निर्मला मलाई न्याय चाहियो लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए। उनीहरुले सडक नाटकसमेत प्रदर्शन गरेका थिए।