PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

पीएसजीले तोड्यो टोटनहमको ५८ वर्षअघिको कीर्तिमान, लगातार १२ खेलमा जित



पहिलोपोस्ट

पीएसजीले तोड्यो टोटनहमको ५८ वर्षअघिको कीर्तिमान, लगातार १२ खेलमा जित

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इंग्लिस क्लब टोटनहमले बनाएको ५८ वर्ष अगाडिको कीर्तिमान तोड्दै फ्रेन्च लिगमा लगातार १२औँ जित हात पारेको छ। पीपएसजीले लिलेलाई २-१ ले पराजित गरेको हो।

युरोप उत्कृष्ट पाँच लिग मध्ये सुरुवाती लगातार १२ खेल जित्ने कीर्तिमान पीएसजीले आफ्नो नाममा लेखाएको हो। यसअघि सन् १९६०-६१ को सिजनमा टोटनहमले लगातार ११ खेल जित्दै उक्त कीर्तिमान बनाएको थियो।

पीएसजीलाई २०१८-१९ सिजनको लिगमा लगातार १२औँ जित दिलाउन किलिएन एमबाप्पे र नेमारले दोस्रो हाफमा गोल गरे। लिलेका लागि निकोलस पोपले पेनाल्टीमा सान्त्वना गोल फर्काए।

१२औँ जितपछि पीएसजी दोस्रो स्थानको लिले भन्दा ११ अंकले अगाडि छ। १२ खेलबाट ३६ अंक जोड्दै पीएसजी शीर्ष स्थानमा आसिन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell