PahiloPost

Apr 10, 2025 | २७ चैत्र २०८१

रहस्यपूर्ण मृत्यु : एक दिनको अन्तरमा बुहारी र सासुको शव झुन्डिएको अवस्थामा भेटियो



रासस

रहस्यपूर्ण मृत्यु : एक दिनको अन्तरमा बुहारी र सासुको शव झुन्डिएको अवस्थामा भेटियो

बैतडी : बुधवारदेखि बेपत्ता सासु र बुहारी मृत भेटिएका छन्। दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार साउगाँउकी ५२ वर्षीया पार्वती भट्ट र उनकी बुहारी ३० वर्षीया निर्मला भट्ट मृत फेला परेको खोचलेक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिए। 

बुधवार घाँस काट्न भनेर घरबाट निस्किएका निर्मला साँझसम्म पनि घर नर्फकिँदा सासु पार्वती खोजतलास गर्न गएकी थिइन्। उनी पनि पनि बेपत्ता भएको प्रहरीले जनाएको छ। सासु शुक्रबार स्थानीय झल्कोट जङ्गलमा झुन्डिएको अवस्थामा फेला परिन् र बुहारी निर्मला बिहीवार स्थानीय ओडीगाँउ जङ्गलमा झुण्डिएको अवस्थामा मृत फेला परिन्। घटना रहस्यमय रहेकाले थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell