PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

नेपाल आइडलमार्फत फिल्म ‘प्रसाद’को ट्रेलर रिलिज



पहिलोपोस्ट

नेपाल आइडलमार्फत फिल्म ‘प्रसाद’को ट्रेलर रिलिज

फिल्म ‘प्रसाद’को ट्रेलर सार्वजनिक भएको छ। सांगीतिक रियालिटी सो नेपाल आइडलमार्फत फिल्मको ट्रेलर शुक्रवार सार्वजनिक गरिएको हो। कार्यक्रममा प्रसारण गरेपछि युट्युबमा पनि ट्रेलर उपलब्ध बनाइयो।

ट्रेलरमा नि:सन्तान दम्पतीको प्रेर र पीडासँगै दुईबीच आउने बाधालाई देखाइएको छ। जसमा अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेताहरु विपिन कार्की र निश्चल बस्नेतलाई देखिन्छ।

ट्रेलर सार्वजनिक गर्नका लागि फिल्म निर्देशक दिनेश राउत र अभिनेता निश्चल बस्नेत नेपाल आइडलमा उपस्थित थिए।

सुवास थापाको निर्माण रहेको फिल्ममा पत्रकार सुशील पौडेलको पटकथा तथा संवाद रहेका छ। फिल्ममा सन्तान सुख नपाउँदा उत्पन्न मानसिक, सामाजिक द्धन्द्धले आपसी सम्बन्धमा ल्याउने असरको विषय देखाउन खोजिएको निर्देशक राउतले बताए। फिल्म आगामी मंसिर २१ देखी प्रदर्शनमा आउँदैछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell