PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

ज्यानमारा खाल्डोले विश्व साइकल यात्रीको ज्यान लिएकै ठाउँमा राखियो 'घोस्ट' साइकल

ज्यानमारा खाल्डोले विश्व साइकल यात्रीको ज्यान लिएकै ठाउँमा राखियो 'घोस्ट' साइकल

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : सरकारी लापरवाहीका कारण अकालमै ज्यान गुमाएका विश्व साइकल यात्री श्याम सुन्दर श्रेष्ठलाई आज श्रद्धाञ्जली दिइएको छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को लापर्वाहीका कारण एक साताअघि उनको ज्यान गुमेको थियो। उनको मृत्यु भएको ठाउँमा 'घोस्ट साइकल' समेत राखिएको छ।

एक साता अघि बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको गेट नजिकै ढलको खाल्डोमा मान्छे खसेको खबर प्रहरीले पाएको थियो। बिहान हेर्न जाँदा साइकलसहित एक व्यक्ति मृत भेटिएका थिए। ती उनै साइकल चालक श्रेष्ठ थिए। काठमाडौं महानगरपालिका वडा नम्बर १५ चागल बस्ने ३८ वर्षीय श्याम सुन्दर श्रेष्ठको खाल्डोबाट निस्कन नसकेर निस्सासिएर मृत्यु भएको प्रहरीले जनाएको थियो। 

आज मनोक्रान्ति केन्द्रले घटनास्थलमै श्रद्धाञ्जली कार्यक्रम गरेको हो। कार्यक्रम साइकल लिएर उनीप्रति श्रद्धाञ्जली प्रकट गर्न साइक्लिस्टहरु पुगेका थिए। साथै विदेशीहरु पनि कार्यक्रममा उपस्थित थिए। उनीहरुले दोषीलाई कारवाहीको माग गरे। साथै यस्ता ज्यानमारा खाल्डो नराख्न सरकारसँग अनुरोध पनि गरेका थिए। साथै साइकल लेनको व्यवस्था हुनुपर्ने उनीहरुको माग थियो। 


ट्रेन्डिङ पोस्ट

Ncell