PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बुटवलमा नेकपाको शुभकामना सन्देशसभा शुरु



चन्द्रकान्त खनाल

बुटवलमा नेकपाको शुभकामना सन्देशसभा शुरु

रुपन्देहीः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुटवलमा शुभकामना सन्देशसभा शुरु भएको छ। बुटवल १० बुटवल मण्डपमा  नेकपाका कार्यक्रताको बाक्लो उपस्थिति छ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टी महासचिव विष्णुप्रसाद पौडेल, कृषिमन्त्री चन्द्रप्रकाश खनाल, पूर्व सभाभुख तथा  नेकपा प्रदेश ५ अध्यक्ष ओनसरी घर्ती, पूर्व उपप्रधानमन्त्री तथा नेकपा नेता टोपबहादुर रायमाझी, राष्ट्रिय सभाका सदस्यहरु खिमलाल भट्टराइ, कोमल ओली, प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपाका प्रदेश इन्चार्ज शंकर पोखरेल, नेकपाका नेता शिबराज सुवेदीलगायतका नेताहरुको उपस्थिति रहेको छ।

कार्यक्रममा सम्बोधन भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णुप्रसाद पौडेल र नेकपाका प्रदेश इन्चार्ज शंकर पोखरेलले सम्बोधन गर्दैछन्। कार्यक्रमका दशैं, तिहार, नेपाल संवत ११३९, छठ, ल्होसार लगायतका नेपाली चाडपर्वहरुको शुभकामना आदानप्रदान हुनेछ। कार्यक्रममा सहभागी हुन प्रदेश ५ का १२ जिल्लाबाट नेकपाका नेता कार्यकर्ताहरु आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell