PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

देखिएलान् त सलमान र शाहरुख एउटै पर्दामा?



पहिलोपोस्ट

देखिएलान् त सलमान र शाहरुख एउटै पर्दामा?

लामो समयपछि बलिउडका दुई खान सलमान र शाहरुख सार्वजनिक रुपमा एकसाथ देखिन थालेका छन्। जसले उनीहरुको सम्बन्धमा आएको सुधारको संकेत गर्छ। उनीहरुको सम्बन्ध राम्रो हुनु बलिउड मात्र नभएर दुबैको फ्यानहरुको लागि पनि खुशीको खबर बन्यो। धेरैले यी दुईको फोटोहरुमा एकसाथ पर्दामा हेर्ने रहर समेत व्यक्त गरेका छन्।

टाइम्स अफ इन्डियाले जनाए अनुसार फ्यानहरुको यो रहर पुरा हुने सम्भावना छ। निर्देशक सञ्जयलिला भंसालीले दुई खान स्टारलाई एकसाथ पर्दामा उतार्न कोसिस गर्दैछन्। रिपोर्टका अनुसार उनले साथीबाट दुश्मन बनेका दुई पात्रको कथामाथि फेमिली ड्रामा बनाउँदै छन्।

सलमान र शाहरुख स्टोरी लाइन र प्रस्तावमा सकारात्मक सुनिएपनि फिल्म लेखनको काम नै पुरा नभएको जनाइएको छ। भंशालीले भने,’सबै काम योजना अनुसार बन्दै गए ९ महिनामा फाइनल ड्राफ्ट पुरा हुन्छ।‘

यसअघि दुई बलिउड स्टारले करण अर्जुन, कुछ कुछ होता हे, हम तुम्हारे हे सनममा एकसाथ काम गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell