PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

विधान संशोधनको मस्यौदा तयार नहुँदा कांग्रेस महासमिति बैठक सर्दै



बीपी साह

विधान संशोधनको मस्यौदा तयार नहुँदा कांग्रेस महासमिति बैठक सर्दै

काठमाडौं : नेपाली कांग्रेसको आगामी मंसिर ५ देखि ९ गतेसम्मका लागि डाकेको महासमिति बैठक सर्ने भएको छ।

पार्टीको विधान संशोधनको मस्यौदा तयार नहुँदा महासमिति बैठक सर्ने भएको कांग्रेसले जनाएको छ। पार्टीलाई संघीय संरचनामा लैजान र संगठन पुनर्संरचनाका लागि विधान संशोधनको तयारीमा छ कांग्रेस।

अब महासमिति बैठक कहिले त? पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विधान संशोधनका लागि तयार पारिएको विधान संशोधन मस्यौदाको ९० प्रतिशत काम सम्पन्न भइसकेकोले मंसिरमै महासमिति बैठक बस्ने दाबी गरे। प्रवक्ता शर्माले भने,‘२० अथवा २१ गतेसम्म विधानको मस्यौदाले पूर्णता पाउनेछ। त्यसपछि केन्द्रीय समितिमा छलफल हुनेछ। त्यसका लागि समय आवश्यक पर्ला।’

अहिले नै महासमिति बैठक सर्ने भन्ने निर्णय भइनसकेको उल्लेख गर्दै शर्माले भने,‘महासमिति बैठक सर्ने भन्ने विषयमा आधिकारिक निर्णय भएको छैन।’

पार्टीले महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमिति गठन गरिसकेको छ भने बैठकको भृकटीमण्डपमा गर्ने निर्णय गरिसकेको छ। 

कांग्रेसले गत भदौ ७ गते आफ्नो पार्टीको विधान संशोधन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो। त्यसैगरी विधान संशोधन मस्यौदालाई तीव्र रुपमा सम्पन्न गर्न तीनवटा उपसमितिसमेत गठन गरेको थियो।

समिति र उपसमितिले यसअघि सातै प्रदेशमा प्रारम्भिक मस्यौदामाथि छलफल गरी सुझावसमेत संकलन गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell