
काठमाडौँ : नेपालको ए डिभिजन क्लब मनाङ मर्स्याङ्दीले सिक्किममा भएको ३७औँ गभरनस गोल्डकपको उपाधि जितेको छ।
शनिवार भएको फाइनलमा इन्डियन रेड आर्मीलाई १-० ले पराजित गर्दै मनाङ च्याम्पियन बनेको हो।
पाल्जोर रंगशालामा मनाङलाई जित दिलाउन सुजल श्रेष्ठले निर्णायक गोल गरे। उनले खेल सकिन ९ मिनेट अघि गरेको गोल खेलेको निर्णायक बनेको हो।
बाई पाएर सोझै क्वाटरफाइनल पुगेको मनाङले क्वाटरफाइनलमा कोलकाता कस्टम्सलाई ४-२ ले र सेमिफाइनलमा कोलकता एटिकेलाई ६-२ ले पारजित गर्दै फाइनलमा स्थान बनाएको थियो। अर्को नेपाली क्लब एपीएफ भने पहिलो चरणबाटै बाहिरिएको थियो।
मनाङ मर्स्याङ्दी च्याम्पियन
काठमाडौँ : नेपालको ए डिभिजन क्लब मनाङ मर्स्याङ्दीले सिक्किममा भएको ३७औँ गभरनस गोल्डकपको उपाधि जितेको छ।
शनिवार भएको फाइनलमा इन्डियन रेड आर्मीलाई १-० ले पराजित गर्दै मनाङ च्याम्पियन बनेको हो।
पाल्जोर रंगशालामा मनाङलाई जित दिलाउन सुजल श्रेष्ठले निर्णायक गोल गरे। उनले खेल सकिन ९ मिनेट अघि गरेको गोल खेलेको निर्णायक बनेको हो।
बाई पाएर सोझै क्वाटरफाइनल पुगेको मनाङले क्वाटरफाइनलमा कोलकाता कस्टम्सलाई ४–२ ले र सेमिफाइनलमा कोलकता एटिकेलाई ६–२ ले पारजित गर्दै फाइनलमा स्थान बनाएको थियो। अर्को नेपाली क्लब एपीएफ भने पहिलो चरणबाटै बाहिरिएको थियो।