PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

काभ्रेको कोशीपारीमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु



पहिलोपोस्ट

काभ्रेको कोशीपारीमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु
प्रतीकात्मक तस्विर

काभ्रेपलाञ्चोकः काभ्रेपलाञ्चोकको कोशीपारीस्थित चौरी देउराली गाउँपालिका–८ मानपुरे डाँडामा गएराति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन्।

काभ्रेपलाञ्चोकको बिर्ता देउरालीबाट फलाँटेतर्फ आउँदै गरेको ना १ क ९५२४ नं को खाली ट्रक अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खस्दा भुम्लु गाउँपालिका–६ का २९ वर्षीय सरोज पहरी र १९ वर्षीय सुमन पहरीको धुलिखेल अस्पतालमा उपचारका क्रममा गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए।

दुर्घटनामा भुम्लु गाउँपालिका–६ का ट्रकचालक ३० वर्षीय सरोज पहरी, २९ वर्षीय विष्णु पहरी, ३५ वर्षीय नीरबहादुर पहरी गम्भीर घाइते भएका छन्। उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell