PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

ला लिगा : बार्सिलोना र रियल मड्रिड विजयी, एट्लेटिको मड्रिड रोकियो



पहिलोपोस्ट

ला लिगा : बार्सिलोना र रियल मड्रिड विजयी, एट्लेटिको मड्रिड रोकियो

स्पानिस ला लिगामा शीर्ष स्थानको बार्सिलोना र ररियल मड्रिड विजयी भएको छ। एट्लेटिको मड्रिड भने बराबरीमा रोकिएको छ।

लुइस सुअरेजको दुई गोल मद्दतमा बार्सिलोनाले रायो भालेकानोलाई ३-२ ले हरायो। ओसमा डेम्बेलेले अर्को गोल गरे। भालेकानोका लागि जोस पोजो अल्भारो गार्सियोले एक-एक गोल गरे।

जितपछि ११ खेलबाट २४ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ। लेगानेससँग १-१ गोलको बराबरीमा रोकिएको एट्लेटिको मड्रिड २० अंकसहित दोस्रो स्थानमा छ।

यस्तै रियल भाल्लोडोलिडलाई २-० ले पराजित गरेको रियल मड्रिड छैटौँ स्थानमा उक्लेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell