PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

प्रिमियर लिग : लिभरपुल र आर्सनलले खेले बराबरी, टोटनहम विजयी



पहिलोपोस्ट

प्रिमियर लिग : लिभरपुल र आर्सनलले खेले बराबरी, टोटनहम विजयी

आर्सनलसँग बराबरी खेल्दै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ। गएराती भएको खेल १-१ गोलको बराबरीमा सकिएपछि दुवैले एक-एक अंक बाँडे।

बराबरीपछि ११ खेलबाट २७ अंक जोडेको लिभरपुल म्यानचेष्टर सिटीलाई एक अंकले पछि पारेको हो।

जेम्स मिलनरले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएपनि आर्सनलका लागि एलेक्जान्डर जाकाजाटेले गोल गरे।

१० खेलबाट २६ अंक जोडेको सिटी दोस्रो र १० खेलबाटै २४ अंक रहेको चेल्सी तेस्रो स्थानमा छ।

वल्भरह्याम्पटनलाई ३-२ ले पराजित गर्दै टोटनहम हट्सपर चौथो स्थानमा उक्लेको छ। टोटनहमका लागि एरिक लामेला, ह्यारी केन र लुकास मउराले एक-एम गोल गरे।

वल्भरह्याम्पटनका लागि रुवेन नाभास र राउल जिमिनेजले गोल गरे।

यस्तै म्यानचेष्टर युनाइटेडले बर्नमाउथलाई २-१ ले पराजित गरेको छ। युनाइटेडका लागि एन्टोनी मार्सिएल र मार्कुस रासफोर्डले गोल गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell