PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

बुद्ध लामाको दोश्रो गीत आयो



पहिलोपोस्ट

बुद्ध लामाको दोश्रो गीत आयो

काठमाडौं:  नेपाल आइडल बुद्ध लामाले गायन रियालिटी सोबाट दर्शकको मन जिते। पहिलो नेपाल आइडलको विजेता उनले पछिल्लो समय 'सानी' बोलको पहिल गीत दर्शकका लागि लिएर आएका थिए। गीतले खासै चर्चा कमाएन।

अहिले उनले अर्को नयाँ गीत सार्वजनिक गरेका छन्। उनले 'रातो टीका टल्क्यो टल टल' बोलको गीत सार्वजनिक गरेका छन्। वसन्त सापकोटाको संगीत तथा प्रभा आचार्यको शब्द रहेको गीतमा बुद्धलाई मेलिना राईले साथ दिएकी छिन्। गीतको भिडियोमा डान्स ग्रुप भिमफेदी गाइज फिचर्ड छन्। भिडियोलाई दीपक आचार्यले निर्देशन गरेका हुन्।

बुद्धले आफू नेपाल आइडल भए पनि सोचे अनुसार काम गर्न नपाएको गुनासो गरेका छन्। अब बुद्धको दोश्रो गीतलाई दर्शकले कत्तिको रुचाउला त्यो पछि नै थाहा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell