PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

नयाँ बानेश्वरमा मोटरसाइकलमा आएकाले लुटे युवतीको सिक्री



पहिलोपोस्ट

नयाँ बानेश्वरमा मोटरसाइकलमा आएकाले लुटे युवतीको सिक्री
प्रतीकात्मक फोटो

काठमाडौँ: नयाँ बानेश्वरमा एक युवतीको सुनको सिक्री लुटिएको छ। शनिवार साँझ नयाँ बानेश्वर बस्ने २५ वर्षीया समीक्षा राईको घाँटीमा लगाएको सिक्री लुटिएको हो।

बाटोमा हिँड्दै गरेकी राईको नयाँ बानेश्वर पिपलबोट नजिकै मोटरसाइकलमा आएका दुई युवकले सिक्री लुटेर फरार भएको प्रहरीले जनाएको छ। झन्डै डेढ तोलाको सुनको सिक्री लुटिएको युवती राईले प्रहरीमा उजुरी दिएकी छिन्। सिक्रीको बजार मूल्य झन्डै ९० हजार हुन आउँछ।

चाडपर्वको समयमा लुटपाट गर्ने समूह सक्रिय भएकाले सबैलाई सावधानी अपनाउनुपर्ने महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त लामा बताउँछन्। फरार लुटेराहरूको प्रहरीले खोजी गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell