
काठमाडौं: हालै निर्देशक दीवाकार भट्टराई र अभिनेत्री दीपिका प्रसाईंले आफ्नो प्रेम सम्बन्धलाई स्वीकारेका छन्। लामो समयदेखि प्रेम रहेका दुवैले फेसबुकमा तस्वीर सार्वजनिक गर्दै सम्बन्धलाई स्वीकारेका थिए।
यसअघि उनी दुवैजना एउटै प्रोजेक्टमा थिए। दीपिकाको डेब्यू फिल्म 'ऐश्वर्य'का निर्देशक हुन् दीवाकर भट्टराई। उनैले दीपिकालाई फिल्ममा डेब्यू गराएको चर्चा पनि छ।
प्रेम सम्बन्धलाई स्वीकारेपछि उनी दुई खुल्न थालेका छन्। केहि समयअघि उनीहरुका थाइल्याण्डका तस्वीर चर्चामा थियो। अहिले उनीहरु एकसाथका तस्वीर सामाजिक सञ्जालमा राख्न व्यस्त देखिन्छन्। दीपिकाको पछिल्लो फिल्म 'छक्का पञ्जा ३' हो।