PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

गुन्डा नाइके समीरमानकी श्रीमती पक्राउ, 'दुर्गा तिवारीको हत्यामा हतियार सप्लाइ ग‍रेकी थिइन्'



सविन ढकाल

गुन्डा नाइके समीरमानकी श्रीमती पक्राउ, 'दुर्गा तिवारीको हत्यामा हतियार सप्लाइ ग‍रेकी थिइन्'
फाइल फोटो

काठमाडौं: गुन्डा नाइके समीरमान सिंह बस्नेतकी श्रीमती पक्राउ परेकी छिन्। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले आइतवार विहान काठमाडौंको ठूलो भर्‍याङबाट बस्नेतकी श्रीमती माया शेरचनलाई पक्राउ गरेको हो।

श्रीमती शेरचनले आफ्ना श्रीमानलाई आपराधिक गतिविधिमा सहयोग गर्ने गरेको खुलेपछि नियन्त्रणमा लिएको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए।

शेरचनले दुर्गा तिवारीको हत्यालगायत अन्य घटनामा समीरमानलाई हतियार र पैसा सप्लाइ गर्ने गरेको अनुसन्धानबाट देखिएको उनले बताए।

२०७३ पुस ४ गते युवा संघ रुपन्देहीका जिल्ला अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरिएको थियो। यसका लागि शेरचनले लोप्साङ लामालाई हतियार सप्लाइ गरेको एसएसपी सिंहले बताए। लोप्साङसहित अन्य दुई जना कात्तिक ११ गते भारतबाट पक्राउ परिसकेका छन्। उनीहरुलाई अहिले अदालतको आदेश अनुसार जेल चलान गरिएको छ। 

निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको अभियोगमा गत मंसिरमा केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी पुर्पक्षका लागि नख्खु कारागारमा राखिएका समीरमानलाई मुस्ताङ जेलमा सरुवा गरिएको थियो। तर उनी पत्नी शेरचनले जीवन रक्षाको माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण दिएकी थिइन्। सर्वोच्चले उनको रिट खारेज गरे पनि सुनुवाईको क्रममा बन्दीलाई इजलासमा उपस्थित गराउन आदेश दिएपछि हाल उनलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell