PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

काठमाडौंमा प्रदीप र जसिताको 'लभ स्टेशन'



पहिलोपोस्ट

काठमाडौंमा प्रदीप र जसिताको 'लभ स्टेशन'

काठमाडौं: 'लिलिबिली'बाट रुचाएको स्क्रिन जोडी प्रदीप खड्का र जसिता गुरुङको अर्को फिल्म 'लभ स्टेशन'को काठमाडौंमा छायाँकन सुरु भएको छ। दार्जिलिङपछि काठमाडौंमा फिल्मको छायाँकन सुरु भएको हो। निर्माण टिम तिहारअघि फिल्मका दुई गीतका छायाँकन सकाउने तयारीमा छन्।   

फिल्मको छायाँकन दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिकमा ६० प्रतिशत सकेको थियो। त्यसपछि इलामको पशुपतिनगर, फिक्कल एक, इलाम, कन्याम र श्रीअन्तुमा २० प्रतिशत छायाँकन सकियो।  

तीहारसम्ममा काठमाडौंको छायाँकन सम्पन्न गर्ने निर्माता गोविन्द शाहीले बताएका छन्। उनले भने ‘हामीले लक्ष्मीपुजासम्म करिब ९० प्रतिसत छायाँकन सक्दै छौं। अब तिहारपछि बाँकी एउटा गीत मनाङको विभिन्न सुन्दर स्थानमा र एउटा गीत जापानमा खिच्दै फिल्मको छायाँकन सम्पन्न गर्नेछौं'। १२ आसोजबाट फिल्मको छायाँकन सुरु भएको थियो।

'लभ स्टेशन'लाई यो बर्षको अन्तिमसम्ममा रिलिज गर्ने टार्गेट रहेको निर्माण टिमले जनाए। फिल्मलाई उज्ज्वल घिमिरेले निर्देशन गर्दैछन्। सांगीतिक प्रेम कथामा आधारित फिल्ममा प्रदीप, र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याललगायतको अभिनय छ।

काफिया फिल्मस्को ब्यानरमा बनेको फिल्ममा आलोक शुक्लाको छायाँकन रहेको फिल्ममा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell