
अन्तर्रष्ट्रिय फुटबलबाट सन्यास लिइसकेका इंग्ल्याण्डका कीर्तिमानी गोलकर्ता वायन रुनीले आफ्नो देशका लागि अर्को महिना फुटबल खेल्ने भएका छन्।
सन्यासबाट बाहिर आएर रुनीले इंग्ल्याण्डका लागि अमेरिका विरुद्ध 'फेयरवेल म्याच' खेल्न लागेका हद्दु।
इंग्ल्याण्डका लागि सर्वाधिक ५३ गोल गरेका रुनीले सन् २०१६ नोभेम्वर यता थ्री लायन्सका लागि खलेका छैनन्।
हाल अमेरिकन क्लब डीसी युनाइटेडबाट खेलिरहेका रुनीले उक्त खेलमा इंग्ल्याण्डको कप्तानी गर्ने सक्ने बीबीसीले जनाएको छ। नोभेम्वर १५ तारिख इंग्ल्याण्डको वेम्ले स्टेडियममा हुने उक्त खेल इंगल्याण्डको लागि रुनीको १२०औँ खल हुनेछ। उक्त खेलबाट वायन रुनी फाउण्डेसनका लागि फण्ड समेत जम्मा पारिनेछ।
रुनीले पछिल्लो पटक इंग्ल्याण्डका लागि २०१६ नोभेम्वर ११ मा स्कटल्याण्ड विरुद्ध खेलेका थिए। जसमा इंग्ल्स टोली ३-० ले विजयी भएको थियो। गत जुलाईमा अमेरिका पुगेका रुनीले डीसी युनाइटेडका लागि १२ गोल गरेका छन्।