काठमाडौं: '५ औं लक्जरी ब्राण्ड मोडल अवार्ड, ग्लोबल फेसन वीक २०१८'मा नेपालले अवार्ड जितेको छ। नेपालबाट अवार्डमा सहभागि भएका मोडलहरु विक्रम आदित्य महासेठ, अदिति अधिकारी, रुविष्का श्रेष्ठ र आदर्श ज्ञवालीले नेपालका लागि अवार्ड प्राप्त गर्न सफल भएका हुन्।
विक्रम र रुविष्का श्रेष्ठले 'ब्राण्ड अनररी एम्बेसडर अफ एलबिएमए' जिते। त्यस्तै अदीति अधिकारले 'फेसनिन्स्टा एण्ड ब्राण्ड अनररी एम्बेसडर फर जे जुन कस्मेटिक प्रोडक्ट' र आदर्श ज्ञावलीले 'बेस्ट पर्सनालिटी' अवार्ड जिते।
कोरियोको इन्चियोनको सोङडो अन्तर्राष्ट्रिय व्यापारिक जिल्लाको ओर्ड फाइनल ग्राण्ड हायात इन्चीयोनमा २८ अक्टोबरदेखि १ नोभेम्बरसम्म आयोजित कार्यक्रममा यी सहभागीले नेपाललाई त्यहाँ प्रस्तुत गरेका थिए। अदिति 'मोडल हन्ट २०१८'की महिला विजेता हुन्। रुविष्का र आदर्श सोही कार्यक्रमको फस्ट रनरअप र थर्ड रनरअप बिजेता हुन्।
विक्रम 'हन्ट नेपाल २०१७'का विजेता हुन्। उनी २०१८ कै एशिया मोडल फेस्टिभल फेस अफ नेपालका बिजेता पनि हुन्। सबै सहभागी नेक्स्ट मोडल्स नेपालको समन्वय तथा व्यवस्थापनमा कार्यक्रममा सहभागी भएका नेक्स्ट मोडल्सका अध्यक्ष रवि धमलाले जानकारी दिए।