PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

कैलालीमा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गर्नेमा महिला पुरुष बराबर



एम बम

कैलालीमा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गर्नेमा महिला पुरुष बराबर

कैलाली: कैलालीमा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराउने पुरुषको संख्या बृद्धि भएको छ। नयाँ मुलुकी देवानी (संहिता) २०७४ मा पुरुषले पनि सम्बन्ध विच्छेदका लागि सिधै अदालत जान पाउने व्यवस्था कायम भए पछि सम्बन्ध बिच्छेदमा महिला भन्दा पुरुष बढी देखिएका हुन्।  

भदौ १ गते नयाँ मुलुकी संहिता लागु भए यता जिल्ला अदालत कैलालीमा सम्बन्धबिच्छेदका लागि २१ मुद्दा पुरुषले दर्ता गराएका र २० मुद्दा महिलाले दर्ता गराएको जिल्ला अदालत कैलालीका श्रेष्तेदार इन्द्रबहादुर कठायतले बताए। 

देवानी संहिताको भाग ३ को परिच्छेद ३ मा सम्बन्ध विच्छेदसम्बन्धी व्यवस्था छ। त्यसमा यसअघि महिलाका लागि भएका व्यवस्था पुरुषका लागि पनि राखिएका छन्। यस पछि पत्नीसरह पतिले पनि सम्बन्ध विच्छेद गर्नसक्ने भएका हुन्।

‘अस अघि पनि पुरुषले सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दर्ता गर्नु पथ्र्यो। स्थानीय तह हुँदै अदालतसम्म पुग्न एक वर्ष लाथ्यो। अहिले त्यो प्रक्रिया विनै सिधै अदालतमा मुद्धा दर्ता गर्न पाईन्छ। त्यस कारण अहिले महिला भन्दा पुरुष बढी देखिएका हुन्,’ श्रेष्तेदार कठायतले भने। 

सम्बन्ध विच्छेदका प्रमुख कारणमा वैदेशिक राजगार, वालविबाह, आर्थिक समस्या र सामान्य झै–झगडा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell