PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

दुई लाख भारुसहित वीरगंजबाट एकजना भारतीय पक्राउ



राधेश्याम पटेल

दुई लाख भारुसहित वीरगंजबाट एकजना भारतीय पक्राउ

वीरगंजः पर्सा प्रहरीले अवैध भारु दुई लाख नगदसहित एक जना भारतीयलाई पक्राउ गरेको छ। प्रहरीले रक्सौलबाट वीरगंजतर्फ आइरहेको बिहार, मोतिहारी जिल्ला रक्सौलका रोहितकुमार शर्मालाई उक्त रकमसहित पक्रेको हो। 

शनिवार अपरान्ह ३ बजेको समयमा शरीरमा लुकाई पैदल आइरहेको अवस्थामा वीरगंज–१६ रजतयन्ती चोकबाट उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए।

शर्मालाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको पर्साका प्रहरी उपरीक्षक ढकालले जानकारी दिए। पूर्व सूचना पाएको प्रहरीले उनको साथबाट ५ सयको ४ बन्डल रुपैयाँ भेटाएको हो। भारु २ लाखको नेपाली ३ लाख २० हजार हुन्छ।
 
रक्सौलका सटही काउन्टर वा व्यापारीबाट संकलन गरिएको भारु वीरगंज ल्याएर अवैध किसिमले मनी चेन्जरहरुले भारु सटही गर्दै आएका छन्। उक्त रकममा पनि वीरगंजमा सञ्चालित मनी चेन्जरकै हुन सक्ने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell