PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

पद्मरत्नको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त



पहिलोपोस्ट

पद्मरत्नको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्तिक आन्दोलनका योद्धा एवं मानव अधिकारवादी अभियन्ता पूर्वमन्त्री पद्मरत्न तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तव्त परिवारप्रति समवेदना प्रकट गरेकी छन्।
 

राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै तुलाधरले राष्ट्रका लागि पुर्‍याएको महत्वपूर्ण योगदान राष्ट्रले सदा स्मरण गरिरहने उल्लेख गरेकी छन्। मानव अधिकारवादी अभियन्ता तुलाधरको आइतबार दिउँसो उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell